५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


भारतीय प्रख्यात अभिनेता कादर खानको निधन


0
Shares

काठमाडौं । भारतीय चलचित्रका प्रख्यात अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ ।

उपचारका क्रममा क्यानडामा उनको निधन भएको छोरा सरफराज खानले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही समय यता अस्वस्थ्य रहदै आएका खानको श्वास प्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

स्थानीय समय अनुसार हिजो दिउंसो अचानक कोमामा गएपछि उनका सांझ निधन भएको हो ।

बलिउडमा कुशल अभिनयका कारण चर्चित कादर खान चलचित्रको सम्बाद र पटकथा लेखनमा पनि उत्तिकै सशक्त मानिन्थे ।

सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट चलचित्रमा प्रवेश गरेका कादर खानले ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् भने २ सय ५० भन्दा बढी चलचित्रमा सम्बाद पनि लेखेका छन् ।

अफगानिस्तानमा जन्मिएका उनले सिभिल इन्जिनियरङमा डिप्लोमा समेत गरेका थिए ।(एजेन्सी)