Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बालाजु प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


0
Shares

कानूनबमोजिम दर्ता भएको पसल बन्द गरी पाऊँ भनी सेवाग्राहीले दिएको निवेदनमाथि कारबाही गर्दा रु ५० हजार घुस माग्दा–माग्दै आयोगको टोलीले केही समय पहिले उनलाई पक्राउ गरेको थियो ।

घूस प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

आयोगले सोमबारै महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाटविरुद्ध पनि अदालतमा मुद्दा दायर गरेको छ । भाटलाई एक सेवाग्राहीसँग रु पाँँच लाख घूस मागेको अभियोग लागेको छ ।

अभियुक्त भाटले थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिने भन्दै घूस मागेको आयोगले जनाएको छ ।

घूस माग्ने प्रकरणमा सोही वृत्तका प्रहरी नायब निरीक्षक नवीनकृष्ण भण्डारी, इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी जवान पुष्करबहादुर शाह तथा आफूलाई प्रहरी बताउने विनोद थापासमेत संलग्न देखिएको अनुसन्धानबाट खुलेको छ । आयोगले सबै अभियुक्तलाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ । रासस