३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


सडकमा देखियो नेपाली टोपी दिवसको रौनक (भिडियो)


0
Shares

काठमाडौं । आज(मंगलबार) छैंठौं राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ ।

नेपाली टोपीको प्रवद्र्धन गर्ने उदेश्यले केही बर्षअघि उत्साही युवाहरुले अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन सुरु गरेका थिए ।

पछिल्लो समय राष्ट्रिय टोपी दिवसले राष्ट्रिय स्वरुप ग्रहण गर्न थालेको छ ।

दिवसका अवसरमा मुलुकका विभिन्न स्थानमा ढाका टोपीमा सजिएकाहरुले र्‍याली समेत निकालेका छन् ।

यसैबीच काठमाडौंको माइतिघरमा जम्मा भएर पहिचानप्रति रुची राख्नेहरुले निकालेको र्‍याली नयाँ बानेश्वर पुगेर समापन भएको छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

राष्ट्रिय टोपी दिवसमा सहभागीहरुले पछिल्लो समय नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरेको बताउँदै आएका छन् ।

उनीहरुले सरकारसंग नेपालीहरुको पहिचानको लागि नेपाली पहिरनलाई राष्ट्रिय मान्यता दिन माग गरेका छन् ।

नेपाली यस बर्षको टोपी दिवसको नारा नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान रहेको छ ।