Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार ७ घण्टा बन्द हुने


0
Shares

सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो ।

खेती दोभानमा रहेको ठूलो ढुंगा सडकखण्डमा खसेर ठूलो क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले त्यसलाई व्यवस्थापन गर्न दुवैतर्फ सवारी सञ्चालनमा रोक लगाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

सरोकारवालाहरुको बैठकले सडकखण्डमा अझै पनि धेरै खाल्डाखुल्डी रहेकाले तत्काल सम्याउन निर्देशन दिएको छ ।