काठमाडौं, पुस १७ । डोल्पाको मुडेचुला गाउँपालिका ९, मसधारामा एउटा गाउँ छ, जहाँ तीन घरमात्रै छन् । त्यहाँका बासिन्दालाई नजिकैको अर्को बस्ती होर्त पुग्न करिब दुई घण्टा लाग्छ । गाउँमा एक्लो हुँदाको जोखिम कति हुन्छ भन्ने त मसधारा गाउँका अगुवा चाउरो बुढालाई मात्र थाहा छ ।
कर्णाली प्रदेश सरकारले छरपस्ट रहेका यस्तै बस्तीलाई एकीकृत बनाउने योजना सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको एकीकृत बस्ती बसाल्ने योजनालाई कार्यान्वयन गर्न कार्यविधि बनाइएको छ ।
प्रदेशका १० वटै जिल्लामा आवश्यकता र औचित्यका आधारमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने कार्यविधिमा छ । एकीकृत बस्ती बस्ने स्थान सडक, खानेपानी, ढलनिकास, विद्युत लगायत आधारभूत पूर्वाधारले पायक हुनेछ । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्