Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


फिदिममा भेटिएको बम सुरक्षाकर्मीद्वारा निष्क्रिय


0
Shares

पल्लोटार जाने बाटोमा भेटिएको बम निष्क्रिय पारिएका हो । स्थानीयवासीले शंका लागेपछि विहान पौने ६ तिर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको बस्तु बम भएको पुष्टि गर्दै निष्क्रिय पारेका हो ।

बम आफूहरुले राखेको नेकपा (विप्लव) समुहले दावी गरेको छ ।

प्रदेश र प्रतिनिधि सभाको चुनाव आउन १८ दिन बाँकी रहँदा सदरमुकाममै त्यसरी वम फेला परेको हो ।