
काठमाडौं, पुस १६ । काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ ।
तापक्रम घटेसँगै सोमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ ।
सोमबार काठमाडौंको न्यूनतम तापक्रम् ०.५ डिग्री सेल्सियसमा झरेको छ । आइतबार काठमाडौंको न्यूनतम् तापक्रम १.० डिग्री सेल्सियस थियो ।
अब केही दिन काठमाडौंको न्यूनतम् तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार डडेल्धुरा, धनकुटा, नेपालगन्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
त्यस्तै, जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ ।
विभागकाअनुसार धरानको न्यूनतम् तापक्रम ११.४ डिग्री सेल्सियस र अधिकतम् २४.५ डिग्री सेल्सियस रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्