
चीनको राजकीय भ्रमणकाक्रममा उनी बुधबार दक्षिण कोरियाबाट चीन पुगेका हुन् । एसिया भ्रमणकाक्रममा उनी गत आइतबार जापान पुगेका थिए ।
गत जनवरीमा ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक चीन भ्रमणमा आएका हुन् ।
दुई हप्तामात्रअघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन् ।
उनको यो तीनदिने राजकीय भ्रमण भएको चिनियाँ सन्चारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्