Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


जथाभावी सडक निर्माण रोक्न माग


0
Shares

काठमाडौं, पुस १६ । सांसदहरुले जथाभावी सडक निर्माण रोक्न माग गरेका छन् ।

सोमबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा सहभागी सांसदहरुले बिनाअध्ययन जथाभावी सडक निर्माणले दुर्घटना बढेको भन्दै उक्त माग गरेका हुन् ।

विस्तृत् अध्ययनबिना प्राविधिक मापदन्ड पूरा नगरी सडक निर्माण गरिँदा ग्रामीण क्षेत्रमा दुर्घटना बढेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मापदन्डबिना सडक निर्माण गर्ने कामलाई दन्डनीय बनाउन सांसदहरुले माग गरेका छन् ।

सांसदहरुले सडक दुर्घटना बढिरहेकोप्रति गम्भीर हुन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री महासेठले सुरक्षित र बलियो सडक निर्माणका लागि सरकार क्रियाशील रहेको दाबी गरेका थिए ।