२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


अमेरिकाद्वारा क्यूवामा नयाँ प्रतिबन्ध, ब्यापार गर्न बन्देज


0
Shares

अमेरिकी सरकारले क्युवाका सरकारी कार्यालय वा संस्थानसँग कुनै पनि किसिमका व्यापार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

यसमा सरकारबाट सञ्चालित होटल र पसल पनि समेटिएका छन् । अमेरिकी सरकारको नयाँ नियमपछि अमेरिकी नागरिकले क्यूवाका १ सय ८० सरकारी र सैन्य स्वामित्व भएका कम्पनीसँग व्यापार गर्न पाउने छैनन् ।

यो प्रतिबन्धपछि अब अमेरिकी नागरिक पर्यटकको रुपमा मात्र क्युवामा जान सक्ने छन् ।

अमेरिकी सरकारले लिएको नयाँ कमदलाई पूर्वराष्ट्रपति बाराक ओवामाले क्यूवासँगको सम्बन्ध विस्तार गर्ने नीति फिर्ता गर्ने उद्देश्यले भएको बताइएको छ ।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवाका विषयमा ओबामा प्रशासनले लिएको नीति समाप्त गर्ने घोषणा गर्नुभएको थियो ।(एजेन्सी)