
फाइल तस्विर
फक्ताङ्लुङ–६ निवासी डण्डु शेर्पाको घरमा बुधबार आगलागी भएको हो । भान्सा कोठाबाट अचानक सुरुभएको आगोले उनको ढुङ्गा–माटो र काठले बनेको २ तल्ले घर तथा घरभित्र भएको नगद १५ लाख, युरो ६००, युएस डलर ८००, सुनचाँदी तथा नजिकै रहेको जण्डौल शेर्पाको घरमा समेत आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।
आगलागी सीमा प्ररही चौकी घुन्साबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा २ घण्टापछि नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ । ती घरमा कञ्चनजंघा क्षेत्र जाने पर्यटकका लागि होटल सञ्चालन गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्