Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


विद्यालय भवनमै गाउँपालिकाको कार्यालय, विद्यार्थी खुल्ला चौरमा


0
Shares

यमुनामाई गाउँपालिकाको सरुअठास्थित जनता माध्यमिक विद्यालयको भवनमै गाउँपालिकाको कार्यालय स्थापना गरिएपछि दुईसय विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

विद्यालयको दुई तले भवनलाई गाउँपालिकाका जनप्रतिनिधिहरुले कार्यालयको रुपमा प्रयोग गरेपछि अध्यनरत बालबालिका कात्तिकको शीतमा समेत खुल्ला चौरमा बसेर अध्ययन गर्दै आएका छन् ।

विद्यार्थीका अभिभावकहरुले भने जनप्रतिनिधिहरुले गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । यो विद्यालयमा पाँचसयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि स्थानीय तहकै जनप्रतिनिधिहरुले विद्यालयको भवन नै नियन्त्रणमा लिएर विद्यार्थीलाई विस्थापित गराएको गुनासो अभिभावकले गरेका छन् ।

studentt