१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


राष्ट्रपति भण्डारीद्वारा जलवायु सम्मेलनको उद्घाटन


0
Shares

सिन्धुपाल्चोक, पुस १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताएकी छन् ।

जिल्ला समन्वय समिति (जिसस) महासंघको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा सुरु भएको ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो धारणा राखेकी हुन् ।

उनले जलवायु परिवर्तनबाट सिर्जित समस्याकोबारेमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रस्ट बोलिसकेको भन्दै प्राकृतिक सम्पदा उपयोग गर्दा प्रकृति र संस्कृति जोगाउनुपर्नेमा जोड दिइन् ।

सम्मेलनको उद्घाटनसत्रमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर–३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योगमन्त्री अरुण नेपाल, पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन भोलि मंगलबारसम्म चल्नेछ ।

सम्मेलनमा देशका ७७ ओटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीनजनाका दरले सहभागी रहेका छन् । रासस