२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


पहिलो दिनमै दुर्घटनामा पर्‍यो चालकरहित बस


0
Shares

कैयौं यात्रुहरु सवार भनिएको उक्त चालकरहित बस परीक्षण कै क्रममा सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएपछि दुर्घटनामा परेको हो । तर, बसमा सवार सबैजना शकुसल रहेका छन् ।

लरीका चालकले गरेको गल्तिका कारण दुर्घटना भएको र ती चालकलाई कारबाही गरिएको प्रहरीले बताएका छन् । ‘नाभ्या’ नामक कम्पनीले निर्माण गरेको उक्त बसको परीक्षण लन्डनमा समेत भइरहेको जनाइएको छ ।

बीबीसी‘का अनुसार उक्त चालकरहित यात्रीबस अमेरिकाको सार्वजनिक सडकमा पहिलोपटक गुडाइएको हो । गुगलको प्रमुख कम्पनी ‘अल्फाबेट’ले फिनिक्स एरिजोनामा चालकरहित ट्याक्सी सन्चालनमा ल्याउने घोषणा गरेको एक दिनपछि उक्त दुर्घटनाको भएको हो ।

४५ किलोमिटर प्रति घन्टा अधिक्तम गति रहेको उक्त बसमा बढीमा १५ जना यात्रु चढ्न मिल्छ ।

‘सिटी अफ लास भेगस’का प्रवक्ताले बस र लरी सामान्य रुपमा ठोक्किएको र नियमित जाँचपछि उक्त चालकरहित बस बिहीवारबाट सन्चालनमा आउने बताएका छन् । उनले भनेका छन्, ‘एउटा गल्लीबाट सामान पुर्‍याउने ट्रक आइरहेको थियो । उक्त बस लरीलाई देखेर रोकियो, उसले गर्नुपर्ने पनि त्यहि थियो । तर, दुर्भाग्यवश चालकको मानवीय त्रुटिका कारण ट्रक रोकिएन ।’ एजेन्सी