आगोलागीमा परी बारा, कलैयाका २० वर्षीय मुलायम आलमको घटनास्थलमै जलेर मृत्यु भएको हो ।
आगोलागीबाट १२ वर्षीय अजित अन्सारी र २५ वर्षीय अवीर अन्सारी घाइते भएका र उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आयल स्टोरभित्रै रहेको वर्कसपमा चुरोटबाट सल्केर आगोलागी भएको पनि प्रहरीले जनाएको छ ।
आगोलागीबाट पेट्रोलपम्पमा केही नभए पनि वर्कसप रहेको कोठाको ‘अन्डरग्राउन्ड’मा भने पेट्रोल भन्डारण गरिएको पाइएको छ ।
आगोलागीबाट ३० देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
दमकल समयमै पुगेको र आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट बचेको हो ।
उक्त पेट्रोलपम्प विनोद जाजोडिया अग्रवालको भएको र पम्पको परिसरमै मोटरसाइकल ग्यारेज सन्चालन गरेर लापरबाही गरेको पाइएकोसमेत प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्