Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सोलुखुम्बुमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते


0
Shares

लामिछानेलाई बिहीबार अपरान्ह दुई भालुले एकैपटक आक्रमण गरेका थिए । जङ्गलमा सोतर सोर्ने क्रममा उनलाई भालुले आक्रमण गरेको बताइएको छ ।

घाइते लामिछानेको घाँटी, आँखा र खुट्टाको फिलामा गम्भिर चोट लागेको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिए । उनको जिल्ला अस्पताल फाप्लुमा उचार भईरहेको छ भने थप उपचारका लागि राजधानी लैजाने तयारी भइरहेको छ ।

यसअघि पनि सोलुखुम्बुमा भालुको आक्रमणबाट वर्षेनि केही व्यक्ति घाईते हुने गरेका छन् । जिल्लाको नगरपालिका तथा आसपासका क्षेत्रमा भालुको आतंक बढ्दै गएपछि स्थानीयमा त्रास छाएको छ । स्थानीयहरुले भालुको आतंक बढेपछि यसको नियन्त्रणका लागि नगरपालिकामा निवेदनसमेत दिने गरेका छन् ।