Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पाठ्यपुस्तक विनै विद्यालय जान्छन् विद्यार्थी, सात महिना वित्यो पुस्तक आएन


0
Shares

विद्यालय प्रशासन र प्रधानाध्यापकको लापरवाहीले कक्षा ९ र १० का अधिकांश विद्यार्थीले अतिरिक्त गणित, कम्प्युटर, जनसंख्या तथा स्वास्थ्य शिक्षाका पुस्तक पाउन नसकेको गुनासो अभिभावकको छ ।

शैक्षिक सत्र सुरु भएदेखि नै प्रधानाध्यापकलाई पाठ्यपुस्तक उपलब्ध गराउन आग्रह गरेपनि नपाएको बरु उल्टै डर त्रास देखाई चुप लाग्न बाध्य बनाएको विद्यार्थीको गुनासो छ ।

अन्तिम परिक्षा (एसईई) आउन केहि महिना वाँकी रहँदासमेत विद्यालयले पुस्तक उपलब्ध नगराउँदा उत्तीर्ण नहुने डर बढेको कक्षा १० मा अध्ययनरत विद्यार्थी बताउँछन् ।

कक्षा १० मा ५८ छात्र र ७३ छात्रा गरी १ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् ।