१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


बसको ठक्करबाट महिलाको मृत्यु


0
Shares

कपिलवस्तु, पुस १६ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८, बहादुरगन्जमा यात्रीवहाक बसको ठक्करबाट सोमबार एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कृष्णनगर–८, डमरमरुवाकी ६५ वर्षीया तारमति कोरी छन् ।

कृष्णनगरबाट चन्द्रौटा जाँदै गरेको लु१ख ६९०९ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

बसका चालक फरार छन् ।