Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


विवाह विशेष पूर्वी चितवन महोत्सव सुरु


0
Shares

महोत्सवको शुक्रबार वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरे ।

महोत्सवमा विवाहमन्डप बनाइ प्रत्येक दिन विभिन्न जातजातिका विवाहकाबारे जानकारी दिइने जेसिसका अध्यक्ष सुरेशचन्द्र आचार्यले बताए ।

यस अवसरमा पूर्वी चितवनमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका सातजनालाई मरणोपरान्त स्मृति सम्मान गरिएको थियो ।

महोत्सवमा विवाहसम्बन्धी दुलही शृंगार प्रतियोगिता, मेहन्दी प्रतियोगितासमेत आयोजना गरिएको छ ।

यस्तै, महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकार तथा गायक–गायिकाहरु इन्दिरा जोशी, मनोज गजुरेल, पशुपति शर्मा, ज्योति मगर, शिव परियारलगायतको प्रस्तुति रहने बताइएको छ ।

महोत्सव उद्घाटनअघि रत्ननगरको निपनीदेखी महोत्सवस्थल विद्युत् चोकसम्म विभिन्न जातजातिका झाँकीसहित शोभायात्रा निकालिएको थियो ।

महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवका लागि रत्ननगरको बजार सजाइएको छ । महोत्सव आगामी मंसिर ३ गतेसम्म चल्नेछ ।