१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


टिपर दुर्घटनामा पाँचजना घाइते


0
Shares

चौतारा, पुस १६ । लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर दोलखाको मागा पौवा जाँदै गरेको बा४ख ८२९७ नम्बरको टिपर सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी मुढेको प्रहरी नायब निरीक्षक यमबहादुर बुढाथोकीले जानकारी दिए ।

रातको समय भएकाले चालक निदाएकाले दुर्घटना भएको र घाइते सबै दोलखा जिल्लाका भएको प्रहरीले जानकारी दिएको छ । (रासस)