Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


विश्व लेखापरीक्षण शिक्षा दिवस मनाइयो


0
Shares

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले शुक्रबार र्‍याली एवं अन्तरक्रियाको आयोजना गर्‍यो ।

राजधानीमा आयोजित अन्तरक्रियामा लेखा शिक्षाको महत्व, यसले आर्थिक विकासमा पार्ने प्रभावलगायतका विषयमा विस्तृत् छलफल गरिएको थियो ।

आधुनिक लेखाका पिता भनेर चिनिने लुका पासिओलीले नोभेम्बर १०, १४९४ मा ‘एभ्रिथिङ अबाउट आर्थिमेटिक, जियोमेट्री एन्ड प्रोपर्सन’ नामक पुस्तक प्रकाशित गरको सम्झनामा हरेक वर्ष नोभेम्बर १० लाई विश्व लेखापरीक्षण शिक्षा दिवसकारुपमा मनाउँदै आइएको छ ।