नेपालका वरिष्ठ राजनीतिज्ञ विष्टको शनिबार आफ्नै निवासमा ९० वर्षको अमेरमा निधन भएको हो ।
विष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार विहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा विष्टको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको हो ।
वि.सं.१९८३ माघ २ गते काठमाडौंको ठमेलमा जन्मनु भएका बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए । उनी वि.सं.२०२५ चैत २५ गतेदेखि वि.सं.२०२६ चैत ३१ गतेसम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।
त्यस्तै, वि.सं.०२८ वैशाख १ गतेदेखि वि.सं.२०३० साउन १ गतेसम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।
दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा उनले राजीनामासमेत दिएका थिए । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।










प्रतिक्रिया दिनुहोस्