१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


दिउँसै मापसे जाँचः दैनिक ३० जना ट्राफिक प्रहरीको फन्दामा(भिडियो)


0
Shares

रबिन भट्टराई/ईमेज

झापा । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिउँसो पनि मापसे चेकिङ गर्न थालेको छ ।

मापसे चेकिङलाई कडाइका साथ लागु गरे दुर्घटनाको जोखिम घट्ने विश्वासका साथ झापा प्रहरीले पहल थालेको छ ।

झापामा मापसे चेकिङलाई तीव्रता दिन थालिएसँगै मापसे गर्नेमा मोटरसाइकल चालकहरु नै बढी देखिएका छन् ।

मोटरसाइकलकै कारण दुर्घटना बढ्न थालेपछि पछिल्लो समय ट्राफिक प्रहरीले मापसे चेकिङ दिउँसो पनि गर्न थालेको छ ।

चिसो मौसम र वनभोजको सिजन सुरु भएसँगै दिउँसो पनि चालकलाई मापसे गरेको अवस्थामा भेट्ने गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रत्येक दिन मापसे सेवन गरेका कम्तीमा २५–३० सवारी चालक भेटिएको ट्राफिक प्रहरीको भनाई छ ।

मापसे गरेर सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवाना गर्ने र सेवनको मात्रा र प्रकृति हेरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्वाँल पार्ने गरेको प्रहरीले जनाएको छ त्यस्तै लाइसेन्स नहुनेलाई दुई हजारसम्म जरिवाना गरिएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमा मोटरसाइकल चालक बढी रहेका छन् ।

ट्राफिक प्रहरीले चालु आव ०७५/०७६ को सोहि अवधिमा एक हजार एक सय भन्दा बढी सवारी चालकलाई मापसेमा कारबाही गरिसकेको छ  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष ०७५/०७६ को  चार महिनाको अवधिमा भएका ६५ वटा दुर्घटनामा  २६ जनाले ज्यान गुमाएका छन् ।