Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


साताको सेयर बजारः दोहोरो अंकको गिरावट


0
Shares

सेयर बजार परिसू्चक नेप्से पहिलो दिनको तुलानामा करिब ३६ अंकले झरेर अन्तिम दिन १४ सय ६० विन्दुमा आइपुग्यो । गत साता पनि नेप्से १७ अंकले झरेको थियो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीका ६० लाख ५९ हजार कित्ता सेयर २ अर्ब ५२ करोड ६४ लाख रुपैयाँमा किनबेच भए । गत साता १८१ कम्पनीका ६२ लाख ६६ हजार कित्ता सेयर २ अर्ब २४ करोड ६२ लाख रुपैयाँमा खरिद–बिक्री भएको थियो । कारोबार रकम भने गत साताकोभन्दा साढे १२ प्रतिशतले बढी हो ।

समूहगत परिसू्चकअन्तर्गत् बिमामा सबैभन्दा उच्च २६१ अंकको गिरावट आयो । होटल समूह १२६ अंकले ओर्लियो । विकास बैंक ५१ अंकले र वाणिज्य बैंक ३० अंकले ओरालो लागे ।

यो साता कारोबार रकमको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, कारोबार सेयर संख्याको आधारमा प्रभु बैंक र कारोबार संख्याको आधारमा नेपाल ग्रामीण विकास बैंक अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।