आइतबार तोलाको ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ८०० रुपैयाँले वृद्धि भएर तोलाको ५६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य स्थिर रहेको थियो । मंगलबार भने सुनको मूल्यमा तोलामा ३०० रुपैयाँले वृद्धि आयो । बुधबार पुनः सुनको मूल्यमा ३०० ले वृद्धि भएर तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार र शुक्रबार भने सुनको मूल्यमा क्रमिक सुधार देखियो ।
यस्तै, आइतबार तोलाको ७५५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर ७६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्