२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


भियतनाम-ट्रम्प र पुटिनको जुहारीः ट्रम्पको आरोप पुटिनका लागि ‘हास्यास्पद’


0
Shares

भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रीय शिखर सम्मेलनमा यी दुई राष्ट्रपतिबीच भेटवार्ता भएलगत्तै ट्रम्पले यस्तो धारणा सार्वजनिक भएको हो ।

पुटिनले भने हस्तक्षेपको आरोपलाई ‘हास्यास्पद’ भनी टिप्पणी गरेका छन् ।

ट्रम्पले अमेरिकी कानुन मन्त्रालयले चुनावका बेला भएको भनिएको रुसी हस्तक्षेपका बारेमा जाँच गरिरहेकाले स्पष्ट धारणा बाहिर आउने बताए ।

साथै उनले रुस र अमेरिकाबीचको सम्बन्धमा कुनै दरार नआएको पनि स्पष्ट पारे ।

राष्ट्रपति ट्रम्पले रुसी समकक्षीसँग पटक–पटक हस्तक्षेपका बारेमा सोधे पनि उनले अस्वीकार गरेको बताए । (एजेन्सी)