Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कैलालीमा चार वटा दुर्घटनामा परी ६ जनाको मृत्यु, २४ घाइते


0
Shares

कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने स्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।

बैतडीको मेलौलीबाट कन्चनपुरको भीमदत्तनगर जाँदै गरेको पवनदूत यातायातको ना. ७ ख २७२३ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये तीन जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीडाँडाका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

घाईते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिकामा से १ प १७०२ नम्बरको जिपले से ४ प ७५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्नाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिको गोदावरी भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परी बाजुराकी ३५ वर्षीया ललिता जोशीको मृत्यु भएको छ ।

यस्तै जानकी गाउँपालिकाको वडा नं. ५ पथरैयामा से १ त ९२५३ नम्बरको ट्याक्टर पल्टिँदा चालक प्रदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।