सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेकाले शनिबार बिहान १० बजेदेखि राति साढे ९ बजेसम्म गाडी रोकेर ढुंगो खसालिएको थियो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार झण्डै ३० घन मिटरको उक्त ढुंगा फोर्न कठिन भएपछि हिजो रातिदेखि एकतर्फी रुपमा मात्र गाडी चल्न दिइएको छ ।
आज दिनभरमा ब्रेकरले ढुंगा फोरेर सडक दुईतर्फी सञ्चालन गर्ने योजना छ । सोमबारदेखि भने गाडी रोकेर भित्तो काट्ने इन्जिनियर खनालले जानकारी दिए ।
सोमबारदेखि बिहान ७ देखि साढे ८, बिहान ११ देखि मध्याह्न १२, अपराह्न १ देखि २ र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काटिने छ ।
वर्षात् र चाडपर्वका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो ।










प्रतिक्रिया दिनुहोस्