Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


आयल निगमले किनेको जग्गा प्रयोगविहीन, जग्गा बेचिसकेका किसानहरुले नै भोगचलन गर्दै


0
Shares

निगमले जग्गा किन्दा व्यापक घोटाला भएको सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो । प्रदेश नं. २ का लागि इन्धनको डिपो राख्न निगमले किनेको जग्गामा अहिले किसानले नै बालीनाली लगाएका छन् ।

निगमले आफ्नोतर्फबाट तारबार गर्नेबाहेक संरचना निर्माणको केही काम गरेको छैन । किसानहरुले आफैंले बेचेको जग्गामा उखु, तोरी, मकै र विभिन्न किसिमका तरकारी खेती गरेका छन् ।

नेत्रगञ्जको उष्ण प्रदेशीय बागवानी केन्द्रभन्दा करीब एक किलोमिटर उत्तरमा नियमले चलनचल्तीको भन्दा चार गुणा बढी मोल तिरेर १५ विघा १४ कठ्ठा १२ धुर जग्गा किनेको थियो ।

जग्गा खरिद गर्दा झण्डै साढे २० करोड घोटाला भएको देखिए पनि नियामक निकायले घोटालामा संलग्न व्यक्तिहरुलाई अझै सार्वजनिक गर्न सकेको छैन ।