Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

सिंहदरबार चोक नजिक बा २ ज २३४४ नम्बरको ट्याक्सीले ठक्कर दिँदा बा ३३ प ७४३ नम्बरको मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो ।

ठक्कर दिँदा घाइते भएका घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए ।

ट्याक्सीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस