Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


पर्साकै दुर्गम गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा


0
Shares

अनिल तिवारी

वीरगञ्ज, पुस १५ । पर्साको ठोरी गाउँपालिकामा सरकारी बैंक सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । ठोरी गाउँपालिकाको सुवर्णपुरमा राष्ट्रिय वाणिज्य बैंकले शाखा सञ्चालनमा ल्याएको हो । उक्त क्षेत्र जिल्लाकै दुर्गम मानिन्छ ।

गाउँमै बैंक सञ्चालनमा आएपछि बैंकिङ कारोबारका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको स्थानीयको भनाइ छ । बैंकमा अहिलेसम्म ७ सय जनाले खाता खोलिसकेको, ५ करोड रुपैयाँ निक्षेप संकलन भईसकेको र ५० लाख बराबर ऋण प्रवाह गर्न सफल भएको बैंकले जनाएको छ ।

बैंकमा ठोरी गाउँपालिकामात्रै नभएर छिमेकी जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकाबाट समेत सेवाग्राही आएर आर्थिक कारोबार गरिरहेका छन् ।

शाखा प्रवन्धक ऋषिकेश भट्टराई गाउँपालिकाहरुको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरणका लागि समेत आवश्यक प्रक्रिया शुरु भईसकेको बताउँछन् ।

अब पोखरीयामा समेत शाखा सञ्चालन गर्ने तयारी भइरहेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।