बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर १४ सय ७७ पुग्यो । कारोबार भएका अधिकांश समूह हरियो रहेसँगै नेप्सेमा सुधार आएको हो । बीमा समूह सबैभन्दा उच्च १ सय १८ अंकले उकलो लाग्यो । जलविद्यूत समूह ३१ अंकले र विकास बैंक समूह पनि २३ अंकले बढ्यो ।
वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार आउँदा होटल, वित्त र लघुवित्त समूह भने सामान्य अंकले हरियो रहे । उत्पादनमूलक समूह स्थिर रहँदा व्यापार समूह ऋणात्मक रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीको ११ लाख २० हजार कित्ता शेयर ४० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्