Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेपाल भ्यालुयर्स एशोसिएशन आन्दोलनमा, तीन दिन काम ठप्प पार्ने


0
Shares

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर एसोसियसनले नीतिगत अस्पष्टताका कारण मूल्याङ्नकर्ता इन्जिनियरहरुले समस्या भोग्नुपरेको उल्लेख गर्दै त्यसतर्फ गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरेको हो । एशोसिएसनका अध्यक्ष ऋषि कोइरालाले विरोध स्वरुप एशोसिएसनले ३ दिनसम्म मुलुकभरका सम्पूर्ण मूल्यांकन कार्य ठप्प पार्ने बताए ।

मूल्यांकन नीतिमा एकरुपता नहुँदा मूल्यांकनकर्ता कालोसूचिमा परेकोमा एशोसिएसनको आपत्ति रहेको अध्यक्ष कोइरालाले बताए । त्यस्तै बैंकहरुको नियमन निकाय नेपाल राष्ट्र बैंकले पनि समस्या समाधानका लागि कुनै चासो नदिएको गुनासो कोइरालाको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भने सम्पत्ति मूल्याङ्कनको विषय पूर्ण रुपमा राष्ट्र बैंकले नियमन गर्ने व्यवस्था नभएको जानकारी दिंदै भ्यालुयर्स एसोसियसन र बैंकर्स एसोसियनबीच समन्वय गरेर समस्या समाधान गर्न सल्लाह दिए ।

अस्पष्टता र समस्या समाधानका लागि सरोकारवालासँग बसेर छलफल गर्नका लागि भने राष्ट्र बैंक तयार रहेको पौडेलले उल्लेख गरे ।