Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नेप्से झर्‍यो, कारोबार पनि घट्यो


0
Shares

काठमाडौं, पुस १५ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से ओरालो लागेको छ ।

यसदिन नेप्से १० अंकले घटेर १२०४ अंकमा आइपुग्यो । यसदिन कारोबार परिमाणमा पनि गिरावट आयो । निर्जीवन बिमा समूह, होटल र उत्पादनमुलक समूह सकारात्मक रहेबाहेक अरु समुह ओरालो लागेसँगै नेप्से दोहोरो अंकले झरेको हो ।

यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च २९ अंकले उकालो लाग्यो भने होटल समूह पनि २० अंकले सुधारियोे । जीवन बिमा समूहमा भने ५२ अंकको गिरावट आयो ।

यसदिन १६८ कम्पनीको १२ लाख ३६ हजार कित्ता शेयर ४५ करोड ४२ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।