७ असार २०८२, शनिबार | Sat Jun 21 2025


खोटाङमा निर्वाचनको अधिकांश तयारी पूरा, सुरक्षाकर्मी तयारी अवस्थामा


0
Shares

जिल्ला निर्वाचन कार्यालय खोटाङले निर्वाचनको सबै तयारी पूरा भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले पनि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा हरेक बुथमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

जिल्लामा कायम १३६ मतदानस्थल र १७९ मतदान केन्द्रमा खटाउने सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।

‘हरेक बुथमा पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना राखेर सुरक्षा प्रबन्ध मिलाएको प्र्रजिअ अधिकारीले जानकारी दिए ।

दुई नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङका सबै गाउँपालिकामा सेना र सशस्त्रको छुट्टाछुट्टै मोबाइल टोलीसमेत परिचालन हुने जनाइएको छ ।

भयरहीत वातावरणमा मत हाल्ने वातावरणका लागि निर्वाचनविरोधी गतिविधिलाई निगरानीमा राखिएको प्रशासनले जनाएको छ ।