१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


पूर्वयुवराज पारस शाह चितवनमा, समर्थकद्वारा जयजयकारको नारा (भिडियो)


0
Shares

चितवन, पुस १५ । पूर्वयुवराज पारस शाह आफ्नो जन्मदिनको अवसर पारेर चितवन आइपुगेका छन् ।

सहयोगीसहित हवाईमार्ग हुँदै आइतबार दिउँसो चितवन पुगेका पूर्वयुवराज शाहलाई राजावादीले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए । पारसको स्वागतका लागि आएकाहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।

पूर्व युवराज पारससँग तस्वीर खिचाउनेहरुको पनि विमानस्थलमा भीड लागेको थियो । गाडी नै रोकेर सेल्फी खिच्नेहरु पनि उत्तिकै थिए ।

विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु समेत उनको स्वागतमा उपस्थित थिए । पश्चिम चितवनको एक गुम्बाको कार्यक्रममा सहभागी हुन र जन्मदिन मनाउन उनी चितवन आएको उनका सहयोगीले बताए ।

भिडियो हेर्नुहोस्