
मनिलामा दुई नेताबीच भएको भेटवार्तामा राष्ट्रपति ट्रम्पले मानव अधिकार उल्लंघनको विषय उठाएको वा नउठाएको भन्ने विषयमा यकिन हुन नसकेको सन्चारमाध्यमहरुले जनाएका छन् । तर, ट्रम्पमाथि डुटेर्तेसँग मानव अधिकार उल्लंघनको विषय उठाउन दबाब रहेको बताइएको छ ।
एसिया प्यासिफिक सम्मेलनका क्रममा भएको भेटवार्तामा भने ट्रम्पले डुटेर्तेले लागु औषध तस्करीबिरुद्ध चालेको अभियानको प्रशंसा गरेका थिए । ट्रम्पअघिको ओबामा प्रशासनले डुटेर्तेको लागु औषध तस्करबिरुद्धको अभियानमा प्रश्न उठाएको थियो ।
सन् २०१६ मा सत्तामा आएका डुटेर्तेले सुरु गरेको उक्त कारबाहीमा ४ हजार मानिस मारिएका छन् । कारबाहीका क्रममा ब्यापक मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ । ट्रम्पको भ्रमणप्रति मनिलामा आइतबार (हिजो) र सोमबार (आज) विरोध प्रदर्शन गरिएको छ ।
११ दिने एसिया भ्रमणमा निस्किएका ट्रम्पले मनिलाबाटै भ्रमणसम्पन्न गर्दै छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्