Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागू


0
Shares

काठमाडौंमा नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’ले गरेको श्रम परीक्षणसम्बन्धि अन्तरक्रियामा गत साउन २९ गते प्रमाणीकरण भएको ऐन सोमबारबाट लागू भएको जानकारी दिइएको हो ।

सामाजिक सुरक्षा ऐनमा श्रमिकलाई औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, बेरोजगार सहायता योजनालगायत सुविधाको व्यवस्था गरेको बताइएको छ ।

ऐनमा रोजगारदाताले योगदानबापतको रकम कोषमा जम्मा नगरे योगदान रकम असुलीको पनि व्यवस्था गरिएको छ । योगदान रकम नबुझाउने रोजगारदाताको बैंक तथा वित्तिय संस्थामा रहेको खाता रोक्का गर्ने, चलअचल सम्पत्तिको रोक्का गर्ने, अनुमति पत्र र इजाजतपत्र निलम्बन गर्ने व्यवस्थासमेत रहेको छ ।