उपत्यका प्रहरी कार्यालयका अनुसार प्रमुख असईदेखि एआइजीसम्म र प्रहरी प्रधान कार्यालयका अधिकारीलाई प्रहरी क्लबमा भेला पारेर कुनै कर्मचारी दलविशेषको पक्षविपक्षमा लाग्दा संगठनकै बदनामी हुने भएकाले निर्वाचन सुरक्षामा निष्पक्ष भएर खटिन निर्देशन दिएका हुन् । ब्रिफिङमा सहभागी प्रहरी अधिकारीका अनुसार उनले पटक–पटक कुनै दल र उम्मेदवारको पक्षमा नलाग्न निर्देशन दिदैं निर्देशनको अवज्ञा भए प्रहरी नियमावलीअनुसार कारवाही हुने चेतावनी दिएका थिए ।
संगठनले खटाएको स्थानमा नजान र आफू अनुकुलको क्षेत्रमा जान नेताहरुलाई फोन गर्न लगाउनेजस्ता गतिविधि नगर्न सचेत गराउँदै उनले अनुशासनमा बसेर संगठनले खटाएअनुसारको काम गर्न निर्देशन दिएको ब्रिफिङमा सहभागी एक प्रहरी अधिकारीले बताए ।
आफू अनुकुलको सरुवा गराउन संगठनभन्दा पनि बलियो देखिने तर संगठनलाई पर्दा केही नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले संगठनका माथिल्ला तहका प्रहरी अधिकारीको व्यवहारको समेत आलोचना गरेका थिए । –नागरिक दैनिकबाट




प्रतिक्रिया दिनुहोस्