ढोल झ्याम्टाको तालमा स्थानीय भाकाका गीत गाउँदै किराँत राईहरुले बढाङ्मी मनाउने गर्दछन् ।
नयाँ बाली भित्र्याएको खुसीयालीमा ६ दिन ६ रातसम्म नाचगान गरी यो चाड मनाउने परम्परा छ ।
यो पर्वमा किराँत राईहरुले कुलदेवताको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्ने गर्दछन् ।
खाल्सा क्षेत्रका छिन्ताङ, आखिसल्ला र खोकु गाउँका किराँत राईजातीले सांस्कृतिक धरोहरको रुपमा वढाङ्मी मनाउने गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्