Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मतदातालाई बाँड्न ल्याइएको भनिएको सिरक व्यापारीलाई नै फिर्ता


0
Shares

आज सिन्धुपाल्चोकको धुस्कुनमा लगिरहेको सिरक कांग्रेसले बाँड्न ल्याएको शंकामा एमालेबाट वडा अध्यक्ष जितेका सुकदेब रिसालले कब्जा गरी प्रहरीले बुझाइका थिए । 

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत धुस्कुनमा बा १४ छ ५६४९ नम्बरको टाटा मोबाइल गाडी र सो गाडीमा भएको सिरक आज बिहान वडा अध्यक्ष रिसालको समूहले नियन्त्रणमा लिइ सशस्त्र प्रहरीलाई बुझाएको थियो ।

आजै धुस्कुनमा नेपाली कांग्रेसले आमसभा गर्न लागेको र सोही सभाबाट मतदाताहरुलाई सिरक बाँड्न लगेको भन्दै वडाअध्यक्ष रिसालको नेतृत्वमा एमाले कार्यकर्ताले सिरक समातेर प्रहरीमा बुझाएका हुन् ।

एमाले नेता एवं वडाअध्यक्ष रिसालले दलित बस्तीमा लगेर सिरक बाँडेन लागेको खबर पाएकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख एवं प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेलले भने सिरक व्यापारीक प्रयोजनले ल्याइएको हुनाले व्यापारीलाई नै फिर्ता गरिएको बताए ।