
दशौं हजार क्याटालोनियालीले उनीहरुको रिहाइकोमा माग गर्दै प्रदर्शन गरेका बताइएको छ ।
आइतबारबाट सडक प्रदर्शन सुरु गरेका उनीहरुले आफ्ना नेताहरुलाई नियन्त्रणमा लिएको विरोधमा बार्सिलोनामा प्रदर्शन गरेका छन् ।
क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना अभियानकर्ता थुनामा छन् । उनीहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले सोमबार पनि आन्दोलन गरेका थिए । सो प्रदर्शन मंगलबार पनि जारी रहेको बताइएको छ ।
स्पेनको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले बेल्जियम निर्वासनमा छन् । उनका अभियानकर्ताहरूमाथि भने मुद्दा चलाइएको छ ।
क्याटलोनियाको क्षेत्रीय संसद र सरकारले क्याटोलोनियालाई आफै स्वतन्त्र भएको घोषणा गरेका थिए । तर, त्यसलाई केन्द्र सरकारले भने मानेको छैन ।
स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन सुरु गरेको थियो । हाल क्याटालोनियाको संसद र सरकार दुवै निलम्बनमा छ । स्पेनको सरकारले संसस र सरकार बिघटन गरेको हो । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्