
४ सय ३० भन्दा बढी मानिसले ज्यान गुमाएको भूकम्पमा परी ७ हजारभन्दा बढी घाइते भएका छन् ।
७.३ म्याग्निच्यूडको भूकम्पले छिमेकी देश इराकको उत्तरी क्षेत्रमा पनि क्षति पुर्याएको छ । उद्धारकर्मीले सबैभन्दा नराम्ररी प्रभावित इरानको पहाडी प्रान्त केर्मान्शाहमा घरका भग्नावशेषमा पुरिएका मानिसको खोजी गरिरहेका छन् ।
इरानी सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । इरानमा गत आइतवार गएको भूकम्प यो वर्ष विश्वमै गएको सबैभन्दा विनाशकारी भूकम्प हो । इराकको सीमादेखि १५ किलोमिटर टाढा पर्ने इरानको पश्चिमी शहर सारपोल ए जाहब र केर्मान्शाह प्रान्तका विभिन्न शहरमा अत्यधिक क्षति भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्