जिल्ला शिक्षा कार्यालयमा धर्ना दिन जिल्लाका सबै सामुदायिक विद्यालयका शिक्षक पुगेका छन् ।
रौतहटको यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले प्रथम चौमासिक तलबअन्तर्गत् गत साउन महिनादेखि तलब र दसैंखर्चसमेत नपाएकोमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदा सोमबार प्रहरीले ‘दमन’ गरेपछि उनीहरु विद्यालय नै बन्द गरेर धर्नामा उत्रिएका हुन् ।
दमन गर्ने प्रहरीलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् । नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राममंगल यादवले दोषीलाई कारबाही र शिक्षकको तलब निकासा नहुन्जेल विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।
ती दुवै स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने ३५० जना शिक्षक–शिक्षिका तलब पाउनबाट बन्चित भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्