Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दुर्घटनामा चारजनाको मृत्यु


0
Shares

बुटवल–नारायणगढ सडकखन्डको सुनवलस्थित बडेरामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बर्दघाटबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिँदा चालक रुकुम, मुसिकोट नगरपालिका–१३ बस्ने विजय केसी र पछाडि बस्ने अन्दाजी २६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, भूमही–परासी सडकखन्डको रानीपाकडमा नम्बर खुल्न नसकेको जिपले ठक्कर दिँदा पैदलयात्री सुनवल–१२ भूमही बस्ने ६५ वर्षीया गंगा पाण्डेको मृत्यु भएको छ ।

यस्तै, परासी–सुनवल खन्डको स्वाठीमा टिपरले विपरीत दिशाबाट साइकलमा आउँदै गरेका भाव सुवेदीलाई ठक्कर दिँदा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।