२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भैंसेपाटीमा सांसद आवास बनाउने चर्चा तुहियो, स्थानीयले राखे भिन्नै माग(भिडियो)


0
Shares

सरोज अधिकारी/ईमेज

काठमाडौं । संघीय संसद्का सांसदलाई आवास बनाउने चर्चा भएको लामो समय बितिसक्यो ।

बहुदलीय व्यवस्थापछि बनेको सरकारले सांसद् आवास बनाउने भन्दै ललितपुरको भैंसेपाटीमा १  सय ४२ रोपनी जग्गा अधिग्रहण गरेर संसद् सचिवालयको नाममा दर्ता गराएर राखे पनि अहिलेसम्म आवास बन्न सकेको छैन ।

अहिले पनि मासिक १८ हजारका दरले संघीय संसद्का करिब तीन सय सांसदका लागि वार्षिक करिब सात करोड रुपैयाँको हाराहारीमा आवास खर्च हुँदै आएको छ ।

अघिल्लो महिना बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको पुल्चोकमा रहेको मन्त्री आवास सानो भएको भन्दै भैंसेपाटीमा नयाँ आवास निर्माण गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को यो निर्णयसँगै तत्कालका लागि सांसद आवास बनाउने चर्चा त तुहिएको छ नै संसद् सचिवालयसमेत बिच्किएको छ ।

अर्कोतर्फ भैंसेपाटीका स्थानीयलेसमेत सो जग्गामा भवन नभई अन्तर्राष्ट्रिय स्तरको उद्यान बनाउन दबाब बढाइरहेका छन् ।