दीपक घिमिरे/ईमेज
भैरहवा । लुम्बिनी भ्रमणका लागि आउने विदेशी पर्यटकलाई आकर्षित गर्न रुपन्देहीको सियारी गाउँपालिकामा बहुउद्देश्यीय आयोजना बन्ने भएको छ ।
गाउँपालिकाको जंगहत्थामा बन्न लागेको आयोजनामार्फत् पर्यटन प्रबद्र्धन र गाउँका युवालाई रोजगारीका दिन सकिने विश्वास गाउँपालिकाले लिएको छ ।
रुपन्देहीको सियारी गाउँपालिकाले साढे ४ बिघा जग्गामा २० करोड खर्चेर पर्यटनसम्बद्ध आयोजना बनाउने निर्णय गरेसँगै पर्यटन विकासको संकेत देखिएको छ ।
जसअनुसार विशाल बुद्ध स्तुप, सामुदायिक कृषि विकास केन्द्र, हरित पार्क, नैतिक शिक्षा तालिम केन्द्र लगायतका संरचना बन्ने छन् ।
त्यस्तै कम्पाउण्ड वाल र आकर्षक प्रवेशद्वार पनि बन्ने छन् ।
त्यसको लागि विश्वप्रकाश प्रतिष्ठान नामक गैरसरकारी संस्थाले ७५ प्रतिशत र सियारी गाउँपालिकाले २५ प्रतिशत लगानी गर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारु बताउँछन् ।
बुद्धको जन्मस्थल लुम्बिनी र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिक रहेको गाउँपालिकामा यस आयोजनाले विशेष गरी बौद्ध धर्मावलम्वी पर्यटकाई आकर्षित हुने विश्वास गाउँपालिकाको छ ।
कृषि उत्पादनका दृष्टिले यो गाउँपालिका महत्वपूर्ण रहेकाले सामुदायिक कृषि विकास केन्द्र प्रदेशका सबै जिल्लाका लागि गन्तव्य बन्न सक्ने सम्भावना छ ।
आयोजना सम्पन्न भएपछि पर्यटन प्रबद्र्धन हुनुका साथै करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाउने गाउँपालिकी उपाध्यक्ष अमृता गुरुङको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्