२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


मुम्बईमा अन्डरवर्ल्ड डन दाउदको सम्पत्ति लिलामी, कराँचीबाट मोदी सरकारलाई चुनौती


0
Shares

समाचार एजेन्सीहरुका अनुसार दाउदका तीन अचल सम्पत्ति लिलाम गरिएको हो । मंगलबार बिहान दाउदको रौनक अफरोज होटल, डाबरवाला बिल्डिङ र शबनम गेस्ट हाउस लिलाम बिक्री गरिएको हो ।

मंगलबार नै पाकिस्तानको कराँचीबाट दाउदका सहयोगीले भारतीय टेलिभिजन च्यानल ‘आजतक’का संवाददाता विरेन्द्र सिंहलाई फोन गरी भारतले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् । उनले सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटलाई नभुल्न पनि चेतावनी दिएका छन् । धम्की दिने व्यक्तिले आफ्नो नाम उस्मान बताएका छन् । उनले मोदी सरकारसँग दाउद नडराउने पनि प्रष्ट पारेका छन् ।

भारतले दाउदलाई सर्वाधिक खोजीको सूचीमा राखेको छ । उनीविरुद्ध विभिन्न आपराधिक मुद्दा छ । (एजेन्सी)