काठमाडौं । आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर वि विल राईज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्राय राखेर फाउण्डेसनले नेपाल पर्यटन वोर्डसंग सहकार्य गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो ।
नेपालका धेरै गाउँहरु अझैं पनि पर्यटकिय दृष्टिकोणले आकर्षक बनाउन सकिने देखेर भिडियो निर्माताहरुले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदी जुनै पनि बिषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने पत्रकार सम्मेलनमा जनाइयो ।
अहिले पर्यटकहरुको अत्याधिक आवागमन हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गर्न सकेमा पनि त्यस्ता भिडियोलाई प्रतियोगितामा समावेश गर्न सकिने तर भिडियो भने नेपालकै हुनु पर्ने प्रवधान रहेको छ ।
आयोजक फाउण्डेसनका अनुसार कुनै पनि भिडियो निर्माताले आफुसंग रहेको स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो खिचेर समेत सहभागिता जनाउन सक्नेछन् भने त्यो भन्दा बढी गुणस्तरको भिडियो क्वालिटी भएपनि मान्य हुने जनाएको छ ।
अधिकतम ५ मिनेटको हुनुपर्ने उक्त भिडियोको सबै पक्षको उत्कृष्टताको चयन गर्न डकुमेन्ट्रि निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डमुमेन्ट्रि निर्माता मोहन मैनाली, डकुमेन्ट्रि एवं चलचित्र निर्देशक संझना उप्रेती रौनियार, बरिष्ठ साउण्ड विज्ञ प्रदिप उपाध्याय र नेपाल पर्यटन वोर्डको सिईओ निर्णायक रहेका छन् ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार भिडियो निर्माताले आफुलाई मन परेको बिषयमा फाउडेसनको आधिकारीक वेवसाईट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी धधचा।यचन।लउ मा गएर जानकारी गराउनु पर्नेछ ।
निर्णायकहरुवाट चयन भएका उत्कृष्ट भिडियोहरुलाई फाउण्डेसनको युट्युव च्यानल, फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने छ । यसमा सर्वाधिक लाईक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाईस एवार्ड’ प्रदान गरिने छ ।
निर्णायक समितिले भने उत्कृष्ट भिडियोको चयन गर्दै मेरो गाउँ मेरो ठाउँ भिडियो अफ दि इयर’ को घोषणा गर्ने छन् । यि दुबै विधाको पुरस्कार राशी १–१ लाख रुपैंया रहेको छ ।
यस्तैगरी प्रतियोगितामा फष्ट रनर्स अप हुने भिडियोलाई ५० हजार रुपैंया, सेकेण्ड रनर्स अप हुने भिडियोलाई २५ हजार रुपैंया, उत्कृष्ट सम्पादन भएको भिडियो र उत्कृष्ट स्क्रिप्ट भएको भिडियोलाई २५/२५ हजार रुपैंया प्रदान गरिने छ ।
पुरस्कृत हुने भिडियोलाई फाउण्डेसनले एक कार्यक्रमको आयोजना गरेर पुरस्कृत गर्ने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्