सूर्यविनायक नगरपालिका–६ स्थित कटुञ्जेको १३ आना जग्गामा सुविधासम्पन्न अत्याधुनिक भवन बनाउन लागेको महानगरीय ट्राफिक प्रहरी कार्यालय भक्तपुरले जनाएको हो ।
१ करोड ४१ लाख ८८ हजार ६५० रुपैयाँको लागतमा निर्माण हुन लागेको भूकम्प प्रतिरोधी भवनको महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरे ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख खनालले नियमसंगत रुपमा काम गर्दै ट्राफिक नियमलाई कडाईका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न मातहत ट्राफिक प्रहरीलाई निर्देशन दिए ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्थानीय समुदाय, चालक र सर्वसाधारणको सहयोग आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा भवन निर्माण समितिका संयोजक एवं ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले भक्तपुरको ट्राफिक भवन एक बर्षभित्र बनाइसक्ने बताए ।











प्रतिक्रिया दिनुहोस्